नियम ३२
निर्देशकको काम, कर्तव्य र अधिकार
(१) निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- (क) निर्देशनालय वा बोर्डको वार्षिक योजना तथा कार्यक्रम तयार गरी सदस्य-सचिव मार्फत समितिमा पेश गर्ने, (ख) समितिबाट निर्णय हुनु पर्ने विषयमा प्रस्ताव तयार गरी समितिमा पेश गर्ने, (ग) आयोग तथा समितिबाट भएका निर्णय कार्यान्वयनका लागि कार्यान्वयन योजना तयार गरी कार्यान्वयन गर्ने, (घ) अनुगमन योजना तयार गरी कार्यान्वयन गर्ने, (ङ) आयोग, समिति र उपाध्यक्षबाट प्रत्यायोजित अन्य काम गर्ने। (२) निर्देशकको पारिश्रमिक तथा अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ।