दफा ३८
निर्देशक
(१) विश्वविद्यालयको प्रशासन, प्राज्ञिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, वित्तीय स्रोतको प्रबन्ध, अनुसन्धान केन्द्र र उत्पादन केन्द्र केन्द्रीय विभागका रूपमा रहने छन्‌।
(२) उपदफा (१) बमोजिमका विभागहरू हेर्ने गरी विभागीय प्रमुखको रूपमा निर्देशकहरू रहने छन्‌।
तर एकजना निर्देशकलाई एकभन्दा बढी केन्द्रीय विभागको जिम्मेवारी दिन बाधा पर्ने छैन।
(३) विश्वविधालयको प्रदेशस्तरमा स्थापना गरिने अनुसन्धान केन्द्र, उत्पादन केन्द्र र शिक्षण अस्पतालको प्रमुखको रूपमा छुट्टाछुट्टै निर्देशक रहनेछ।
(४) मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरी सम्बन्धित विषय र क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्यानुभव हासिल गरेको व्यक्तिहरू मध्ये कार्यकारी परिषद्को सिफारिसमा कुलपतिले निर्देशक नियुक्ति गर्नेछ।
(५) निर्देशकको पदावधि चार वर्षको हुनेछ।
(६) निर्देशकको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछ।