दफा २५
निर्देशन दिन सक्ने
(१) नेपाल सरकारले परिषद्को काम कारवाही तथा सुधारको विषयमा आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिइएको निर्देशनको पालना गर्नु परिषद्को कर्तव्य हुनेछ ।