दफा १४२
निर्देशन दिन सक्ने
(१) नेपाल सरकारले यस ऐनको उद्देश्य कार्यान्वयन गर्न गराउन प्रधान सेनापतिलाई आवश्यकता अनुसार निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले दिएको निर्देशन कार्यान्वयन गर्नु, गराउनु प्रधान सेनापतिको कर्तव्य हुनेछ ।