दफा ६३
निर्देशिका बनाई लागू गर्न सक्ने
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही बोर्डले वस्तु कारोबारलाई व्यवस्थित गर्नका लागि देहायका विषयमा निर्देशिका बनाई लागू गर्न सक्नेछः–
(क) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय तथा वेयर हाउस सञ्चालन,
(ख) वस्तु कारोबारको नियमन लगायत आवश्यक अन्य विषयहरु ।