दफा ३८
निर्देशिका बनाउन सक्ने -
१) नेपाल सरकारले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधिनमा रही निर्देशिका बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले सङ्कटापन्न वन्यजन्तु वा  वनस्पति वा सो को नमुनाको अन्तर्राष्ट्रिय व्यापार नियमन र नियन्त्रणको लागि खासगरी देहायका विषयमा निर्देशिका बनाउन सक्नेछः-
(क) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको कारोबारको लागि अनुमतिपत्र प्रदान गर्ने विषय,
(ख) पैठारी गरिएका सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना दर्ता गर्ने सम्बन्धी विषय,
(ग) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको अभिलेख राख्ने सम्बन्धी विषय,
(घ) जफत भएका सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना व्यवस्थापन गर्ने सम्बन्धी विषय,
(ङ) अन्य आवश्यक विषय ।