दफा २५
निर्देशिका बनाउन सक्ने

(१) अस्पतालले यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरूको प्रतिकूल नहुने गरी क्यान्सर रोगको उपचारको लागि प्रयोग गरिने विकिरणयुक्त पदार्थको संचय, विस्थापन र प्रयोगको सम्बन्धमा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निर्धारित नियम तथा मान्यताहरूको कार्यान्वयनको लागि आवश्यक पर्ने निर्देशिका बनाई लागू गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको निर्देशिका नबनाएसम्म यस सम्बन्धमा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निर्धारित नियम तथा मान्यताहरूलाई समितिले अवलम्बन गर्न गराउन सक्नेछ ।

(३) उपदफा (१) बमोजिम लागू गरेको निर्देशिका वा उपदफा (२) बमोजिम अवलम्बन गरिएका नियम तथा मान्यताहरूको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।