दफा १८
निर्देशिकामा समावेश गर्न सकिने बिषय
(१) कुनै विषयको सञ्चालन वा प्रशासनमा एकभन्दा बढी निकाय समावेश हुने भएमा प्रत्येक निकायको कार्यसम्बन्ध निश्चित गर्न, कुनै प्राविधिक विषयमा मापदण्ड वा कार्यविधि निश्चित गर्न, काम कारबाहीमा एकरूपता कायम गर्न वा कुनै विषयमा विस्तृत ढाँचा, मापदण्ड, नर्म्स वा गुणस्तर तोक्न आवश्यक: भएमा _ निर्देशिका बनाउन सक्ने गरी सङ्घीय ऐनबाट अधिकार्-प्रत्यायोजन गर्न सकिनेछ।
(२) उपदफा (१) बमोजिम सङ्घीय ऐनले दिएको अधिकारको सीमाभित्र रही नेपाल सरकार वा कुनै निकायले निर्देशिका बनाउन सक्नेछ।
(३) _निर्देशिकाबाट जुन निकाय वा पदाधिकारीले सो विषय सञ्चालन वा प्रशासन गर्ने हो त्यस्तो निकाय वा पदाधिकारी र त्यसको प्रत्यक्ष सरोकारवाला बाहेक सर्वसाधारणलाई लागू हुने व्यवस्था निर्देशिकामा समावेश गर्नु हुँदैन।