नियम १८
निर्बाह भत्ताको वितरण
(१) निर्वाह भत्ता लिने पाउने बेरोजगार व्यक्तिले अनुसूची--१ बमोजिमको ढाँचामा स्वघोषणा गरी रोजगार सेवा केन्द्रमा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन साथ बेरोजगार व्यक्तिले निजको परिवार निर्वाह भत्ता पाउन योग्य रहेको व्यहोराको सम्बन्धित वडा कार्यालयको सिफारिससमेत संलग्न गर्नु पर्नेछ ।
(३) वडा कार्यालयले उपदफा (२) बमोजिमको सिफारिस गर्दा झुट्ठा सिफारिस गरेमा त्यस्तो सिफारिस गर्ने अधिकारी उपर प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।
(४) निर्वाह भत्ता वितरण गर्ने प्रयोजनको लागि सम्बन्धित स्थानीय तहले निर्वाह भत्ता पाउने परिवारहरुको सम्पूर्ण विवरण अद्यावधिक गरी अभिलेख राख्नु पर्नेछ ।
(५) कुनै व्यक्ति निर्वाह भत्ता पाउनको लागि योग्य हो वा होइन भन्ने विषयमा विवाद उत्पन्न भएमा सम्बन्धित गाउँ कार्यपालिकाको अध्यक्ष वा नगर कार्यपालिकाको प्रमुखले निर्णय गर्नेछ ।
(६) निर्वाह भत्ता बापतको रकम सम्बन्धित व्यक्तिको बैङ्क खातामा जम्मा गर्नु पर्नेछ ।
(७) उपनियम (६) को प्रयोजनको लागि सम्बन्धित स्थानीय तहले शून्य मौज्दातमा बेरोजगार व्यक्तिको नाममा बैङ्क खाता खोल्ने व्यवस्था मिलाउनु पर्नेछ ।
छ ० ॥ (८) निर्वाह भत्ता पाउने बेरोजगार व्यक्तिका परिवारका सदस्यले अनुसूची--६ बमोजिमको ढाँचामा निर्वाह भत्ता बुझ्नको लागि मञ्जुरीनामा दिई पठाउनु पर्नेछ ।
(९) प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिना भित्र निर्वाह भत्ता वितरण गर्नु पर्नेछ ।
१%(९क) उपनियम (९) बमोजिम अघिल्लो आर्थिक वर्षको निर्वाह भत्ता भुक्तानी गर्ने प्रयोजनका लागि अर्को आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्नु पर्नेछ ।
२(९ख) उपनियम (९क) बमोजिम बजेटमा व्यवस्था गर्दा नियम २२ बमोजिमको रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत बेरोजगार व्यक्तिको सङ्ख्याको आधारमा गरिनेछ ।
(१०) निर्वाह भत्ता वितरण गर्ने कार्यको संयोजन रोजगार सेवा केन्द्रले गर्नेछ ।