दफा ३
निर्वाचक मण्डल
(१) निर्वाचन प्रयोजनको लागि सङ्घीय संसदका सदस्य र प्रदेश सभाका
सदस्य मतदाता रहेको निर्वाचक मण्डल रहनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सङ्घीय संसद वा प्रदेश सभाको कुनै सदस्यको पद रिक्त रहेको वा कुनै प्रदेश सभाको निर्वाचन नभएको कारणले मात्र निर्वाचक मण्डल गठन गर्न बाधा पुग्ने छैन ।
(३) उपदफा (१) को प्रयोजनको लागि आयोगले निर्वाचक मण्डलमा तत्काल कायम रहेका सदस्यको नाम समावेश गरी तोकिए बमोजिम मतदाता नामावली तयार गरी प्रकाशन गर्नेछ ।