दफा ८
निर्वाचन अधिकृतको नियुक्ति
(१) संविधान, यस ऐन तथा प्रचलित सङ्घीय कानून बमोजिम निर्वाचनमा सम्पादन गर्नुपर्ने काम गर्न वा गराउनका लागि प्रत्येक जिल्लामा आयोगले एक जना मुख्य निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्नेछ ।
(२) उपदफा (१) बमोजिम आयोगले निर्वाचन अधिकृत नियुक्त गर्दा न्याय परिषदको परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्नेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन एकै मितिमा हुने गरी निर्वाचन मिति तोकिएकोमा प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि नियुक्त भएको मुख्य निर्वाचन अधिकृतलाई प्रदेश सभा सदस्यको निर्वाचनको लागि समेत मुख्य निर्वाचन अधिकृतको रुपमा र प्रतिनिधि सभा सदस्यको लागि नियुक्त भएको निर्वाचन अधिकृतलाई प्रदेश सभाका सम्बन्धित निर्वाचन क्षेत्रको समेत निर्वाचन अधिकृतको रुपमा काम गर्ने गरी तोकिनेछ ।
(४) निर्वाचन अधिकृतले आयोगले तोके बमोजिमको सङ्ख्यामा सहायक निर्वाचन अधिकृत र अन्य कर्मचारी नियुक्त गर्न सक्नेछ ।