दफा ५
निर्वाचन कार्यक्रमको सूचना
(१) दफा ४ बमोजिम निर्वाचनको मिति तोकिएको सूचना
प्रकाशित भएपछि आयोगले निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निर्वाचन कार्यक्रममा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजूरी दिने, मनोनयनपत्र जाँच गर्ने, मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मतदान गर्ने मिति, समय र स्थान उल्लेख गरेको हुनुपर्नेछ ।
(३) यस दफा बमोजिमको निर्वाचन कार्यक्रम नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
(४) उपदफा (१) बमोजिम निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रम बमोजिमको सूचना सम्बन्धित निर्वाचन अधिकृतले निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
(५) उपदफा (१) बमोजिम निर्वाचन कार्यक्रम प्रकाशन गर्दा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भए पछि निर्वाचन प्रचार प्रसारको लागि बढीमा पन्ध्र दिनको अवधि रहने गरी प्रकाशन गर्नु पर्नेछ ।