दफा ५८
निर्वाचन परिणामको प्रकाशन
(१) दफा ५५ वा ५६ बमोजिम मतगणनाको कार्य सम्पन्न
भएपछि निर्वाचन अधिकृतले निर्वाचन परिणाम प्रकाशन गरी त्यस्तो परिणाम तालिकाको एक प्रति तुरुन्त आयोगमा पठाउनु पर्नेछ ।
(२) निर्वाचनको परिणाम प्रकाशन गरिसकेपछि निर्वाचन अधिकृतले निर्वाचन सम्बन्धी तोकिए बमोजिमको विवरण सहितको प्रतिवेदन तयार गरी आयोगमा यथाशिघ्र पठाउनु पर्नेछ ।
(३) राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएको उम्मेदवारलाई आयोगले तोकिए बमोजिमको प्रमाणपत्र दिनेछ ।