दफा ६
निर्वाचन प्रणाली
(१) अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख र वडा अध्यक्षकोनिर्वाचनमा गोप्य मतदानको प्रकृयाद्वारा एक पद एक मतको आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन
प्रणाली अपनाइनेछ ।
(२) गाउँपालिका वा नगरपालिकाको वडा समितिका एकजना दलित महिला सहित दुई महिला वडा सदस्य र दुई वडा सदस्यको निर्वाचनमा गोप्य मतदानको प्रकृयाद्वारा प्रत्येक सदस्यको लागि दिइने एक एक मतको आधारमा सबै भन्दा बढी मत ल्याउने दुई दुई जना निर्वाचित हुने निर्वाचन प्रणाली अपनाइनेछ ।
(३) गाउँ कार्यपालिका तथा नगर कार्यपालिकाका महिला सदस्यको लागि सम्बन्धित गाउँ सभा वा नगर सभाका सदस्यले आफू मध्येबाट गाउँ कार्यपालिकाको हकमा सबै भन्दा बढी मत प्राप्त गर्ने चार जना र नगर कार्यपालिकाको हकमा सबै भन्दा बढी मत प्राप्त गर्ने पाँच जना निर्वाचित हुने निर्वाचन प्रणालीकोआधारमा गोप्य मतदानद्वारा निर्वाचन गर्नेछन्।
(४) गाउँ कार्यपालिका तथा नगर कार्यपालिकाका दलित वा अल्पसङ्ख्यक समुदायबाट हुने सदस्यको लागि सम्बन्धित गाउँ सभा वा नगर सभाका सदस्यले गाउँ कार्यपालिकाको हकमा सबै भन्दा बढी मत प्राप्त गर्ने दुई जना र नगर कार्यपालिकाको हकमा सबै भन्दा बढी मत प्राप्त गर्ने तीन जना निर्वाचित हुने निर्वाचन प्रणालीको आधारमा गोप्य मतदानद्वारा निर्वाचन गर्नेछन्।
(५) जिल्ला समन्वय समितिको लागि सम्बन्धित जिल्ला सभाका सदस्यले सम्बन्धित जिल्ला भित्रका गाउँ सभा वा नगर सभाका सदस्यहरु मध्येबाट एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई निर्वाचित गर्नेछन्।
(६) उपदफा (३) र (४) बमोजिमको महिला, दलित वा अल्पसङ्ख्यक समुदायबाट हुने सदस्यको निर्वाचन प्रणाली तथा उपदफा (५) बमोजिमको जिल्ला समन्वय समितिको निर्वाचन
सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।