नियम ३३
निर्वाचन प्रणाली
(१) गाउँसभा वा नगरसभाका सदस्य मध्येबाट निर्वाचित हुने गाउँ कार्यपालिका र नगर कार्यपालिकाको महिला सदस्यको लागि हुने निर्वाचनमा गाउँ कार्यपालिकाको हकमा सबैभन्दा बढी मत प्राप्त गर्ने चारजना र नगर कार्यपालिकाको हकमा सबैभन्दा बढी मत प्राप्त गर्ने पाँचजना उम्मेदवार गोप्य मतदानद्वारा निर्वाचित हुनेछन् ।
(२) गाउँ कार्यपालिका र नगर कार्यपालिकाको दलित वा अल्पसङ्ख्यक सदस्यको लागि हुने निर्वाचनमा गाउँ कार्यपालिकाको हकमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जना र नगर कार्यपालिकाको हकमा सबैभन्दा बढी मत प्राप्त गर्ने तीनजना उम्मेदवार गोप्य मतदानद्वारा निर्वाचित हुनेछन् ।
(३) जिल्लाभित्रका गाउँसभा वा नगरसभाका सदस्यहरु मध्येबाट निर्वाचित हुने जिल्ला समन्वय समितिको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्ने एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तीमा तीनजना महिला र कम्तीमा एकजना दलित वा अल्पसङ्ख्यक समुदायका व्यक्ति समेत बढीमा नौजना सदस्य गोप्य मतदानद्वारा निर्वाचित हुनेछन् ।