दफा २९
निर्वाचन प्रतिनिधि
: (१) उम्मेदवारले कुनै व्यक्तिलाई निर्वाचनको लागि आफ्नो निर्वाचन प्रतिनिधि नियुक्त गरेमा सोको लिखित सूचना निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त भएको निर्वाचन प्रतिनिधिलाई उम्मेदवारले जुनसुकै बखत बदर गरी अर्को निर्वाचन प्रतिनिधि नियुक्त गर्न सक्नेछ र यसरी अर्को निर्वाचन प्रतिनिधि नियुक्त गरेको लिखित सूचना सम्बन्धित निर्वाचन अधिकृतलाई तुरुन्त दिनु पर्नेछ ।
(३) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा निर्वाचन प्रतिनिधिले गर्नु पर्ने भनी उल्लेख गरे बमोजिमको काम गर्नु उपदफा (१) बमोजिम नियुक्त निर्वाचन प्रतिनिधिको कर्तव्य हुनेछ ।
(४)  निर्वाचन प्रतिनिधिको योग्यता तोकिए बमोजिम हुनेछ ।