नियम १५
निर्वाचन प्रयोजनको लागि दर्ता भएको दल खारेज हुने अवस्था

निर्वाचन प्रयोजनको लागि दर्ता भएको राजनैतिक दलको दर्ता देहायका अवस्थामा खारेज हुनेछ ः–
(क) सम्बन्धित राजनैतिक दल आफैले आफ्नो दर्ता खारेज गर्न आयोग समक्ष निवेदन दिएमा,
(ख) लगातार तीन वर्षसम्म प्रचलित कानून बमोजिम आयोगलाई बुझाउनु पर्ने विवरण नबुझाएमा,
(ग) संविधान वा निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम राजनैतिक दल दर्ता गर्न पूरा गर्नु पर्ने शर्त पूरा नगरेमा ।