नियम ४६
निर्वाचन सम्बन्धी कागजात सुरक्षित राख्नु पर्ने
यस नियमावली बमोजिम निर्वाचनमा प्रयोग भएका मतपत्र, नियम ३५ र ३६ बमोजिमका कागजात, नियम ४२ बमोजिम खामबन्दी निविदा मतपत्र, मतगणना सम्बन्धी कागजात वा निर्वाचनमा मतदानको लागि प्रयोग भएको विद्युतीय उपकरण आयोगले तोकेको आयोगको अधिकृत कर्मचारीले जिम्मा लिई सुरक्षित राख्नु पर्नेछ ।