दफा ४८
निर्वाचनको प्रयोजनको लागि दल दर्ता हुनु पर्ने
(१) निर्वाचनमा भाग लिन चाहने दफा ४ बमोजिम दर्ता भएका दलले आयोगले तोकेको कार्यविधि पूरा गरी आयोगमा दर्ता हुनुपर्नेछ ।
तर सम्बन्धित निर्वाचनको प्रयोजनको लागि दर्ता गरिसकेका दलले उपनिर्वाचनमा भाग लिन पुन दल दर्ता गर्नु पर्ने छैन ।
(२) उपदफा (१) बमोजिम दर्ताको लागि निवेदन दिँदा दलले संविधानको धारा २६९ को उपधारा (३) मा उल्लिखित विवरण, वार्षिक लेखा परीक्षण प्रतिवेदन तथा आयोगले तोकेका अन्य कागजात पेश गर्नु पर्नेछ ।
(३) यस दफा बमोजिम दर्ता भएका राजनीतिक दलकोनामावली आयोगले नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।
(४) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत निर्वाचन मिति घोषणा भइसकेको निर्वाचनको हकमा आयोगले व्यवस्था गरे बमोजिम हुनेछ ।