दफा ६
निर्वाचनको मिति तोक्ने
(१) नेपाल सरकारले निर्वाचनको मिति तोक्नेछ ।
तर निर्वाचनको मिति तोक्नुभन्दा अघि नेपाल सरकारले आयोगको परामर्श लिनु पर्नेछ ।
(२) संविधानको धारा १६८ को उपधारा (७) बमोजिम प्रदेश सभा विघटन भएकोमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभा विघटन भएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिमको मितिमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न सम्भव नभएमा सो मितिबाट निर्वाचन शुरु हुने गरी दुई वा दुईभन्दा बढी चरणमा निर्वाचन सम्पन्न गर्न अलगअलग मिति समेत तोक्न सकिनेछ ।
(४) यस दफा बमोजिम निर्वाचनको मिति तोकेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।