दफा २५
निर्विरोध निर्वाचित
दफा २४ बमोजिम उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा कुनै पदका लागि जति जना निर्वाचित हुने हो त्यति नै जना वा सो भन्दा कम उम्मेदवार कायम
हुन आएमा निर्वाचन अधिकृतले सो पदमा त्यस्तो उम्मेदवार निर्विरोध निर्वाचित भएको भनी तोकिए बमोजिम घोषणा गर्नेछ ।