दफा २५
निलम्बन गर्न सक्ने
: (१) दफा २० बमोजिम निरीक्षण वा जाँचबुझ गर्दा कुनै इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको गम्भीर उल्लङ्घन गरेको वा उपभोक्ताको हक हितमा गम्भीर असर पुग्ने कार्य गरेको भनी निरीक्षण अधिकृतले कानूनी कारबाहीका लागि विभागमा सिफारिस गरेमा विभागले त्यस्तो इजाजतपत्रवालाको इजाजतपत्र तोकिएको अवधिसम्मको लागि निलम्बन गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३९ बमोजिम मुद्दा दायर भएमा त्यस्तो इजाजतपत्रवालाको इजाजतपत्र स्वतः निलम्बन हुनेछ ।
(३) उपदफा (१) बमोजिम इजाजतपत्र निलम्बन गरिएको जानकारी इजाजतपत्रवालालाई दिनु पर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम इजाजतपत्रनिलम्बन भएको अवधिभर त्यस्तो इजाजतपत्रवालाले यस ऐन बमोजिम वस्तुको प्रत्यक्ष बिक्री वा वितरण सम्बन्धी कार्य गर्न पाउने छैन ।