दफा १७
निवृत्तभरण र उपदान
(१) संवैधानिक पदमा वा नेपाल सरकारको सेवामा बहाल रहेको वा त्यस्तो सेवाबाट अवकाश प्राप्त व्यक्ति महान्यायाधिवक्ताको पदमा नियुक्त भई सेवाबाट अवकाश पाएमा निजले त्यसरी अघि गरेको सेवा अवधि र महान्यायाधिवक्ताको पदमा गरेको सेवा अवधि गणना गर्दा बीस वर्ष वा सो भन्दा बढी हुने रहेछ भने निजले आफ्नो मासिक पारिश्रमिकको दुई तिहाई रकम वा देहायको हिसाबले हुने मासिक निवृत्तभरणमध्ये कुनै एक रोज्न सक्नेछ:-
जम्मा सेवा वर्ष X मासिक पारिश्रमिक / ५०
स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “सरकारी सेवामा काम गरेको अवधि’ भन्नाले नेपाल सरकारबाट निवृत्तभरण पाउन सक्ने कुनै पदमा नियुक्त भई काम गरेको अवधिलाई जनाउनेछ ।
(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि महान्यायाधिवक्ताको पदमा दस वर्ष सेवा अवधि पूरा गरिसकेको व्यक्ति सेवाबाट अवकाश भएमा निजले आफ्नो मासिक पारिश्रमिकको दुई तिहाई रकम मासिक निवृत्तभरण पाउनेछ ।
(२) उपदफा (१) वा (१क) बमोजिमको निवृत्तभरण पाउने सेवा अवधि पूरा नहुँदै सेवाबाट अवकाश प्राप्त गर्ने महान्यायाधिवक्तालाई निजले सेवा गरेको जम्मा वर्षलाई निजले अवकाश हुँदा खाईपाई आएको डेढ महिनाको पारिश्रमिककोअङ्कले गुणन गर्दा हुन आउने एकमुष्ट रकम उपदान दिइनेछ ।
(३) संवैधानिक पदमा वा नेपाल सरकारको सेवा गरे बापत उपदान पाइसकेको कुनै व्यक्ति महान्यायाधिवक्ताको पदमा नियुक्त भएमा निजले त्यसरी नियुक्त भएको एक वर्षभित्र आफूले अघि पाएको उपदानको पूरै रकम फिर्ता गरेमा मात्र निजले अघि गरेको सेवा अवधि निवृत्तभरणको प्रयोजनको लागि जोडिनेछ ।
(४) यस दफा बमोजिम महान्यायाधिवक्ताले पाउने उपदानको रकम निजको बाह्र महिनाको पारिश्रमिक बराबरको रकम भन्दा बढी हुने छैन ।
(५) महान्यायाधिवक्ताको पारिश्रमिक बृद्धि हुँदा पारिश्रमिक अङ्कमा जति बृद्धि भएकोछ त्यसको दुई तिहाई रकम निवृत्तभरण पाइरहेको महान्यायाधिवक्ताको निवृत्तभरणको रकममा पनि थप गरिनेछ ।
(६) संवैधानिक पदमा वा नेपाल सरकारको सेवा गरे बापत निवृत्तभरण पाईरहेको व्यक्ति महान्यायाधिवक्ताको पदमा नियुक्त भई यस ऐन बमोजिम पनि निवृत्तभरण पाउन सक्ने भएमा निजले अघि पाइरहेको निवृत्तभरण र यस ऐन बमोजिम पाउने निवृत्तभरणमध्ये कुनै एक रोज्न सक्नेछ ।
(७) उपदफा (१क) को प्रयोजनको लागि सेवा अवधि गणना गर्दा संवैधानिक पदमा वा सरकारी सेवाको पदमा वा सो दुवै पदमा काम गरेको कुल अवधिको आधा जोडी गणना गरिनेछ ।