नियम ११
निवृत्तभरण रकम भुक्तानी गर्नु पर्ने
(१) नियम १० बमोजिम कसैको निवेदन परेमा कोषले बीस वर्ष वा सोभन्दा बढी सेवा अवधि पूराः गरी सेवाबाट अलग भएका कर्मचारीलाई ऐनको दफा १२ को- उपदफा (१) बमोजिम हिसाब गरी नियम १० को उपनियम ' (४) बमोजिमको निवृत्तभरण अधिकारपत्रमा मासिक निबृत्तभरण रकम खुलाई निजले कोषमा लेखाई दिएको बैङ्क खातामा जम्मा हुने गरी मासिक रूपमा त्यस्तो निवृत्तभरण रकम भुक्तानी दिनु पर्नेछ।
(२) नियम १० बमोजिम निवेदन दिने व्यक्ति कर्मचारीको पति, पत्नी वा नाबालिग सन्तान रहेछ भने ऐनको दफा १३ बमोजिम पाउने रकम निवृत्तभरण अधिकारपत्रमा खुलाई निजले कोषमा लेखाई दिएको बैङ्क खातामा जम्मा हुने गरी मासिक रूपमा भुक्तानी दिनु पर्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम: रकम भुक्तानी गर्दा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र सम्बन्धित व्यक्तिको बैङ्क खातामा जम्मा हुने गरी भुक्तानी दिनु पर्नेछ।
(४) उपनियम (१) र (२) मा. जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कर्मचारी भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएमा निजलाई ऐनको दफा १५ बमोजिम हुन आउने रकम हिसाब गरी एकमुष्ठ भुक्तानी दिनु पर्नेछ।
तर त्यस्तो कर्मचारीले बर्खास्त भएको मितिले छ वर्षभित्र त्यस्तो भुक्तानी नलिएमा कोषले त्यस्तो रकममा सो अवधि नाघेपछि ब्याज हिसाब गर्ने छैन।
(५) बीस वर्ष सेवा अबधि पूरा नभई सेवाबाट अवकाश भएको कुनै कर्मचारी सेवाबाट अवकाश भएको छ वर्षसम्म निजको नाममा ऐनको दफा १० बमोजिम कोषमा जम्मा रहेको रकम लिन नआएमा सो अबधि नाघेपछि कोषले त्यस्तो रकममा ब्याज तथा मुनाफा हिसाब गर्ने छैन।
(६) उपनियम (४) वा (५) बमोजिमको अवधिभित्र सम्बन्धित कर्मचारी वा निजले इच्छाइएको व्यक्ति वा प्रचलित कानून बमोजिमको हकवालाले रकम भुक्तानीका लागि दाबी गर्न नआएमा त्यस्तो रकम दाबी गर्न आउन कोषले नब्बे दिनको म्याद दिई सार्वजनिक सूचना प्रकाशन गर्नेछ । (७) उपनियम (६) बमोजिमको सूचनामा तोकिएको म्यादभित्र सम्बन्धित कर्मचारी, निजले इच्छाइएको व्यक्ति वा प्रचलित कानून बमोजिमको हकवालाले त्यस्तो रकम दाबी गर्न नआएमा कोषले त्यस्तो रकम प्रमाण सहित भुक्तानीका लागि दाबी गर्न आएका बखत भुक्तानी दिन सकिने गरी अलग्गै खातामा जम्मा गरी राख्नेछ ।