दफा
निवेदन उपर छानबिन गर्ने
(१) दफा ७ बमोजिम पर्न आएको निवेदनको आधारमा स्थानीय अधिकारीले आवश्यक छानबिन गर्नेछ ।

(२) उपदफा (१) बमोजिम स्थानीय अधिकारीले आवश्यक छानबिनको क्रममा कुनै थप कागजात वा बिवरण आवश्यक भएमा निवेदकसँग त्यस्तो कागजात वा विवरण माग गर्न तथा थप छानबिन गर्न सक्नेछ।

(३) उपदफा (१) बमोजिम स्थानीय अधिकारीले गरेको छानबिनबाट निवेदक परिचयपत्र प्राप्त गर्न योग्य भएमा यस ऐन बमोजिम आवश्यक पर्ने वैयक्तिक र जैविक विवरण प्राप भएपछि परिचयपत्र उपलब्ध गराउनका लागि विभाग समक्ष सिफारिस गर्नेछ।