दफा २१
नि
शुल्क उच्चशिक्षा तथा छात्रवृत्ति: (१) विश्वविधालयले तोकेको मापदण्ड पूरा गरी विश्वविद्यालयमा भर्ना भएका दलित, अपाङ्ग र आर्थिक रुपले विपन्न विद्यार्थीको लागि उच्च शिक्षा निःशुल्क हुनेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि आधार, मापदण्ड, वर्गीकरण सम्बन्धी अन्य व्यवस्था नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।
(३) उपदफा (२) बमोजिमको सुविधा एक विव्ार्थीले प्रत्येक तहमा एक पटक मात्र उपभोग गर्न पाउनेछ ।
(४) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दलित विद्यार्थीको लागि प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा भर्नाका लागि तोकिए बमोजिमको सिट सुरक्षित गरिनेछ ।
(५) विश्वविद्यालयले शहिद, वेपत्ता पारिएका र अपाङ्गता भएका व्यक्तिका छोरा, छोरीको लागि प्रचलित कानूनमा व्यवस्था भए बमोजिम उच्च शिक्षाको व्यवस्था गर्नेछ ।
(६) कक्षा छदेखि कक्षा दशसम्म सामुदायिक विद्यालयमा अध्ययन गरेको विद्यार्थीले उच्च शिक्षामा प्रचलित कानून बमोजिम छात्रवृत्ति पाउनेछ ।