दफा
नीति निर्माणका आधारहरु
६.१ सूचना तथा सञ्चार प्रविधि, नेपाली समाजलाई ज्ञानमा आधारित समाजमा रुपान्तरण गर्ने एउटा सशक्त माध्यमको रुपमा रहनेछ ।

६.२ नीति कार्यान्वयनमा सरकारी संयन्त्रको नेतृत्वदायी भूमिका हुनेछ । राष्ट्रिय महत्वका सूचना तथा सञ्चार प्रविधिमा आधारित योजना तथा सेवाहरुमा सार्वजनिक निजी साझेदारीको (Public Private partnership) अवधारणा लागु गरिनेछ ।

६.३ सूचना तथा सञ्चार प्रविधिका आधारभूत पूर्वाधारमा सर्वव्यापी (Universal) पहुँच सुनिश्चित गरिने छ ।

६.४ सूचना तथा सञ्चार प्रविधि सेवामा प्रविधि तटस्थता (Technology Neutrality)प्रत्याभूत गरिने छ ।

६.५ सूचना तथा सञ्चार प्रविधिको एकिकृत सेवा र सुविधालाई प्रविधिगत कन्भर्जेन्ससंग सामन्जस्य गरिने छ ।

६.६ अन्तरविषयक क्षेत्रहरु (Cross cutting issues) जस्तै:- दिगोपना, लैंगिक समावेशीकरण, किशोर-किशोरी तथा युवा, अपाङ्गता भएका व्यक्ति, सांस्कृतिक विविधता, स्थानिय विषय (Local content), संग सम्बन्धित विषयहरुमा सूचना प्रविधिको अधिकतम प्रयोग सुनिश्चत गरिने छ ।

६.७ पूर्वाधार जन्य सहकार्यता (Infrastructural Synergy) को अवधारणा अवलम्वन गरिने छ।

६.८ क्षेत्रीय तथा अन्तराष्ट्रिय रुपमा सफल भएका अभ्यासहरुलाई अवलम्वन गरिने छ ।