दफा ५
नीतिको आवश्यकता र औचित्य
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा निरन्तर भै रहेको विकासको यथोचित लाभ लिन वर्तमान नीतिगत र संस्थागत व्यवस्था अपर्याप्त छ । साइबर सुरक्षा, कन्भरजेन्स लगायतका अवधारणाको नीतिगत सम्वोधन गर्न सकिएको छैन । सूचना तथा सञ्चार प्रविधिलाई राष्ट्रिय प्राथमिकताका आधारमा अन्तर- क्षेत्रगत विषयहरुको विकासमा उपयोग गर्ने गरी एकिकृत नीतिगत व्यवस्था हुन सकेको छैन । बौद्धिक सम्पतिको संरक्षण तथा समग्र सुरक्षा सम्वेदनशीलतालाई पनि सम्बोधन गर्न सकिएको छैन । विद्यमान नीतिगत अस्पष्टताले गर्दा सूचना प्रविधि तथा सूचना प्रविधि प्रवर्द्धित सेवाहरु जस्ता क्षेत्रको संभावनालाई प्रचुर मात्रामा संवोधन गर्न नसकिएको अवस्था छ । सार्वजनिक सेवा प्रवाहको विधि र प्रकृया रुपान्तरणको निमित्त एकीकृत सूचना तथा सञ्चार प्रविधि नीतिको आवश्यकता रहेको छ ।
बर्तमान अवस्थामा सूचना तथा सञ्चार प्रविधिले मानवीय जीवन तथा समुदाय, संगठन, र आर्थिक,सामाजिक,प्रविधि क्षेत्र लगायत राष्ट्रिय जीवनका सबै पक्षहरुमा व्यापक प्रभाव पारेको हुँदा विभिन्न विषयगत निकायहरुमा भएका सूचना तथा सञ्चार प्रविधि मार्फत् प्रदत्त सेवा सुविधाहरुलाई प्रवर्द्धन गर्न र प्राविधिक रुपमा सहयोग गर्न समेत सबै क्षेत्र समेटी एकिकृत नीतिको तर्जुमा गर्नु आवश्यक भएको छ ।
बदलिदो परिवेश तथा त्यसबाट सिर्जित चुनौति सामना गर्न तथा सिर्जित अवसरहरु प्रभावकारी रुपले उपयोग गर्न तदअनुरुपको नितिगत, कानुनी, संस्थागत व्यवस्था तथा रणनैतिक उपायहरु अवलम्वन गर्नु पर्ने आवश्यकता महशुस गरी यो एकीकृत सूचना तथा सञ्चार प्रविधि नीति २०७२ तर्जुमा गरिएको छ ।