दफा २६४
नेपाल सरकार उपर नालिस दिने कार्यविधि

(१) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह उपर देवानी मुद्दामा नालिस गर्नु पर्ने भएमा सरोकारवाला व्यक्तिलेजसको विरुद्धमा नालिस गर्नु पर्ने हो त्यस्तो कार्यालय वा त्यस्तो कार्यालयका प्रमुखलाई त्यसको सूचना दिनुपर्नेछ।
(२) उपदफा (१) बमोजिम सूचना प्राप्त भएमा सम्बन्धित कार्यालय वा सो कार्यालयका प्रमुखले अर्को कुनै कार्यालय वानिकायको परामर्श वा निकासा लिनु पर्ने भएमा त्यस्तो परामर्श वा निकासा लिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम प्राप्त भएको सूचना सम्बन्धी विषय आवश्यक जाँचबुझ गर्दा नालिस दिनु नपर्ने कुनै कारण भएमासम्बन्धित कार्यालय वा सो कार्यालयका प्रमुखले सोको स्पष्ट कारण सहितको जानकारी त्यसरी सूचना प्राप्त भएकोमितिले तीस दिनभित्र सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको अवधिभित्र सम्बन्धित कार्यालय वा सो कार्यालयका प्रमुखले सो विषयमा कुनै जानकारी नदिएमावा मुद्दा गर्नु नपर्ने गरी जानकारी दिए पनि त्यसको कारण मनासिब नलागेमा सम्बन्धित व्यक्तिले सो अवधि नाघेकोवा त्यसरी जानकारी प्राप्त भएको मितिले पैँतीस दिनभित्र नालिस दिन सक्नेछ ।