दफा ३१
नेपाल सरकार वादी हुने
(१) यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ।
(२) दफा २८ को उपदफा (१) बमोजिमको मुद्दा बाहेकको यस ऐन बमोजिमको अन्य मुद्दा: मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ।
(३) दफा २८ को उपदफा (१) बमोजिमको मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-२ मा समावेश भएको मानिनेछ र त्यस्तो मुद्दाको अनुसन्धान सम्बन्धित भन्सार अधिकृतले तोकेको सम्बन्धित कार्यालयको कम्तीमा राजपत्र अनङ्रित प्रथम श्रेणीको कर्मचारीले गर्नेछ।