(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारको पूर्ण स्वामित्व भएको स•ठित संस्थाको लेखापरीक्षण यस ऐन बमोजिम महालेखा परीक्षकद्वारा हुनेछ । (२) उपदफा (१) बमोजिम नेपाल सरकारको पूर्ण स्वामित्व भएका स•ठित संस्थाको लेखापरीक्षण गर्न महालेखा परीक्षकले नभ्याउने भएमा प्रचलित कानून बमोजिम प्रमाणपत्र प्राप्त लेखापरीक्षकहरुलाई महालेखा परीक्षकले सहायकको रुपमा नियुक्त गर्न सक्नेछ । यसरी सहायकको रुपमा लेखापरीक्षकहरु नियुक्त गर्दा नेपाली नागरिकलाई प्राथमिकता दिनु पर्नेछ । (३) उपदफा (२) बमोजिम नियुक्त गरिएका लेखापरीक्षकहरुले महालेखा परीक्षकको निर्देशन, रेखदेख र नियन्त्रणमा रही काम गर्नु पर्नेछ । (४) उपदफा (३) बमोजिम सहायकको रुपमा नियुक्त भएका लेखापरीक्षकको काम, कर्तव्य, अधिकार र दायित्व तथा निजहरुले लेखापरीक्षण गर्दा अपनाउनु पर्ने प्रक्रिया एवं प्रतिवेदन पेश गर्ने सम्बन्धी व्यवस्था महालेखा परीक्षकले तोकिदिए बमोजिम हुनेछ । (५) उपदफा (२) बमोजिम नियुक्त लेखापरीक्षकले सम्बन्धित संस्थाबाट पाउने पारिश्रमिक त्यस्तो संस्थाको आर्थिक कारोबार लेखाको अवस्था, शाखा, उपशाखाको सङ्ख्या कार्य बोझ तथा कार्य प्रगति समेतको विचार गरी महालेखा परीक्षकले तोकिदिए बमोजिम हुनेछ ।