नियम ३७
नेपाल सरकारबाट अनुदान प्राप्त हुने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा
लेखिएको भए तापनि कुनै परियोजना कार्यान्वयन गर्ने क्रममा त्यसको अध्ययन गर्दा वा
परियोजना विश्लेषण गर्दा वित्तीय दृष्टिकोणबाट परियोजना सम्भाव्य नदेखिएको तर
राष्ट्रिय दृष्टिकोणबाट परियोजना कार्यान्वयन गर्न अत्यावश्यक देखिएकोमा बोर्डको पूर्व
स्वीकृति लिई त्यस्तो परियोजना कार्यान्वयन गर्दा नपुग भएको रकम (भाएविलिटी ग्याप
फण्डिङ्ग) बोर्डले निर्धारण गरेको शर्तमा नेपाल सरकारले अनुदान स्वरुप उपलब्ध गराउने
गरी आवश्यक व्यवस्था गर्न सक्नेछ ।