नियम २९
नेपाल सरकारसम्बन्धी मुद्दा
(१) न्यायाधिकरणमा परेको नेपाल सरकार सम्बन्धित मुद्दामा सरकारी वकील वा नेपाल सरकारबाट सो कामको निमित्त नियुक्त अरु कुनै अधिकृतलाई कानूनबमोजिम सूचना दिइनेछ ।
(२) उपनियम (१) मा उल्लेख भएका मुद्दा मामिलामा नेपाल सरकारतर्फबाट पुनरावेदनपत्र, निवेदनपत्र इत्यादि दर्ता गर्दा वा सम्बन्धित मिसिल कागजपत्रको निरीक्षण
गर्दा वा नक्कल सारी लिंदा प्रचलित नेपाल कानूनबमोजिम लाग्ने कुनै फी वा दस्तुर लाग्ने छैन ।
(३) नेपाल सरकारसम्बन्धी मुद्दामा सम्बन्धित सरकारी कर्मचारी वा सरकारी वकील तारिखमा बस्नुपर्ने छैन ।