दफा २१
नेपाल स्काउटको कोष
(१) नेपाल स्काउटको एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) अन्र्तराष्ट्रिय संघ, संस्था, विदेशी सरकार वा एजेन्सीबाट प्राप्त रकम,
(ग) कुनै व्यक्ति वा संस्थाले चन्दा वा सहायता स्वरूप प्रदान गरेको रकम,
(घ) सदस्यता शुल्कबाट प्राप्त रकम, र
(ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(२) उपदफा (१) को खण्ड (ख) बमोजिम नेपाल स्काउटले कुनै रकम प्राप्त गर्दा नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(३) नेपाल स्काउटको कोषमा रहने रकम नेपाल भित्रको कुनै बैंकमा खाता खोली जम्मा गरिनेछ र खाताको सञ्चालन तोकिएबमोजिम हुनेछ ।
(४) नेपाल स्काउटद्वारा गरिने सबै खर्चहरू उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिने छ ।