दफा १८क
नेपाल स्काउटको सदस्य
(१) कुनै व्यक्ति नेपाल स्काउटको सदस्य हुन निजले देहाय बमोजिमको योग्यता पूरा गरेको हुनु पर्नेछः–
(क) तोकिएबमोजिम स्काउट तालिम प्राप्त गरेको,
(ख) कुनै राजनैतिक दलको सदस्यता नलिएको, र
(ग) राजनैतिक गतिविधिमा संलग्न नभएको ।
(२) उपदफा (१) को खण्ड (ख) र (ग) मा जुनसुकै कुरा लेखिएको भएतापनि राष्ट्रिय परिषद्, प्रदेश परिषद्, राष्ट्रिय कार्यकारी समिति र सल्लाहकार सभामा संस्थागत प्रतिनिधित्व गर्नलाई सो खण्डको व्यवस्थाले कुनै बाधा पुर्याएको मानिने छैन ।
(३) नेपाल स्काउटको सदस्य सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।