दफा ३
नेपाल स्काउटको स्थापना
(१) नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना हुनेछ ।
(२) यो ऐन प्रारम्भ हुनुभन्दा अघि स्थापना भएको नेपाल स्काउट यसै ऐन बमोजिम स्थापना भएको मानिनेछ ।
(३) नेपाल स्काउटको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।
(४) नेपाल स्काउटले आवश्कता अनुसार नेपालभित्र कार्यालयहरू खोल्न सक्नेछ ।