दफा २
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २ मा संशोधन
नेपाल स्वास्थ्य सेवा ऐन,
२०५३ (यसपछि “मूल ऐन” भनिएको) को दफा २ को,–
(१) खण्ड (ञ) मा रहेका “स्वास्थ्य मन्त्रालय” भन्ने शब्दहरुको सट्टा “स्वास्थ्य तथा
जनसंख्या मन्त्रालय” भन्ने शब्दहरु राखिएका छन् ।
(२) खण्ड (ञ) पछि देहायको खण्ड (ञ१) र (ञ२) थपिएका छन् ः–
“(ञ१) “ट्रेड युनियन” भन्नाले दफा ९२क. को उपदफा (१) बमोजिम गठन हुने
कर्मचारीहरुको ट्रेड युनियन सम्झनु पर्छ ।
(ञ२) “आधिकारिक ट्रेड युनियन” भन्नाले दफा ९२क. को उपदफा (३)
बमोजिम गठन हुने कर्मचारीहरुको आधिकारिक टे«ड युनियन सम्झनु
पर्छ ।”