दफा ४क
नेपाली नागरिकले प्राप्त गरेको विदेशी विनिमय सम्बन्धी व्यवस्था

(१) नेपाली
नागरिकले प्राप्त गरेको विदेशी विनिमयका सम्बन्धमा बैङ्कले सार्वजनिक सूचना प्रकाशन र
प्रसारण गरी तोकिदिएबमोजिम हुनेछ ।
(२) नेपाली नागरिकले विदेशमा रहँदा बस्दाको अवधिसम्म आर्जन गरेको विदेशी
विनिमय वा सो विदेशी विनिमयबाट गरेको लगानी नेपाल फर्किसेकपछि पनि दफा ६ मा
उल्लिखित अवस्थामा बाहेक त्यस्तो विदेशी विनिमय विदेशमै राख्न वा सोको लगानी
विदेशमा नै गर्न चाहेमा सो कुराको जानकारी बैङ्कलार्ई दिई त्यस्तो विदेशी विनिमय विदेशमा
राख्न वा सोको लगानी विदेशमा गर्न सक्नेछ ।