दफा ४८
नेपालीहरूलाई काममा लगाउने र तालीम दिने दायित्व
: (१) ठेकेदारले पेट्रोलियम कार्यमा सम्भव भएसम्म अधिकतम हदमा नेपाली नागरिकहरूलाई लगाउनु पर्नेछ र सबै तहको पेट्रोलियम कार्यमा अधिकतम हदमा नेपाली नागरिकहरूको सहभागिता कायम गर्न शिक्षा र तालीम कार्यक्रम सञ्चालन गर्नु पर्नेछ । प्रत्येक कार्यक्रम र बजेटमा सो सम्बन्धमा ठेकेदारले गर्न खोजिएको कामसम्बन्धी व्यवस्थाहरू समावेश भएको हुनु पर्नेछ ।
(२) अन्वेषण अवधिको प्रत्येक करार वर्ष ठेकेदारले पेट्रोलियम श्रोतको विकाससँग सम्बन्धित क्षेत्रमा नेपाली नागरिकहरू (जो ठेकेदारको कर्मचारी होइनन्) लाई शिक्षा र तालीम प्रदान गर्न विभागले निर्देश गरेबमोजिम कम्तीमा ……….(…………….) डलर खर्च गर्नेछ ।
त्यस्तो रकम कर्मचारी तालीम, विद्वत्वृत्ति, गोष्ठी र उपकरण खरिद जस्ता कार्यमा खर्च गरिनेछन् ।
(३) ठेकेदारले लागू मितिबाट साठी (६०) दिनभित्र विभागले निर्देश गरे बमोजिम …….. (…..) डलरको अतिरिक्त रकम उपदफा (२) बमोजिम उपयोग गर्नको लागि उपलब्ध गराउनेछ ।
(४) अन्वेषण अवधिको समाप्तिपछि उत्पादन अवधिको प्रत्येक वर्ष ठेकेदारले उत्पादन क्षेत्रसँग सम्बन्धित बजेटमा शिक्षा र तालीमको निमित्त तोकिएको रकम खर्च गर्नेछ ।
(५) ठेकेदारले विभागबाट काजमा खटिने कर्मचारीलाई नेपालमा भइरहेको पेट्रोलियम कार्य अनुकूलको पेट्रोलियम उद्योग व्यवसायको क्षेत्रमा अनुभव हासिल गर्न सेवाकालीन तालीमको व्यवस्था गर्न मञ्जुर गर्दछ । खटिने कर्मचारीहरूको संख्या र छनौट तथा तिनीहरूको काजको शर्त संयुक्त मञ्जुरी बमोजिम हुनेछ । यस्ता कर्मचारीहरूको योग्यता र कार्य दक्षता नेपाली कामदारहरूको निमित्त ठेकेदारको स्तर अनुरूपको हुनु पर्नेछ । काजमा खटिएका कर्मचारीहरूको पारिश्रमिक आपसमा मञ्जुर गरेबमोजिम हुनेछ र पेट्रोलियम खर्च मानिनेछ ।