नियम २९
नोकरीको जेष्ठता
(१) ज्येष्ठता वापत अङ्क प्रदान गर्दा सम्बन्धित तहमा स्थायी नियुक्ति भई अध्यापन गरेको भए प्रत्येक वर्षको २.५ अङ्कका दरले र अस्थायी नियुक्ति भई अध्यापन गरेको भए प्रत्येक वर्षको १.२५ अङ्कका दरले बढीमा ३५ अङ्क प्रदान गरिनेछ ।
तर
(१) महिला, दलित र अपांग भए एक वर्ष अनुभव थप गरी ३५ अङ्कमा नबढ्ने गरी सोही अनुपातमा अङ्क प्रदान गरिनेछ ।
(२) एक शैक्षिक सत्र भन्दा कम अवधिको चानचुन महिना वा दिनको लागि समानुपातिक हिसावले अङ्क दिइनेछ ।
(३) गयल भएको वा असाधारण विदा वा वेतलबी विदामा बसेको अवधिको अङ्क दिइने छैन ।
(२) कार्य सम्पादन मूल्याङ्कनको आधारमा बढुवा गर्ने प्रयोजनको लागि स्थायी सेवा बीचमा टुटेको भए सो अवधि कट्टा गरी बाँकी गरेको अवधि समेत गणना गरिनेछ । तर तलव नपाउने गरी विद्यालयमा अनुपस्थित रहेको अवधिलाई काम गरेको अवधि मानिने छैन ।