नियम १३८
नोकरीबाट हटाउने वा वर्खास्त गर्ने
(१) ऐनको दफा १६ङ. को उपदफा (५) को खण्ड (ख), (ग), (घ), (च) वा (छ) को अवस्थामा शिक्षकलाई नोकरीबाट हटाइनेछ ।
(२) शिक्षकलाई देहायका अवस्थामा भविष्यमा शैक्षिक नोकरीको लागि अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गरिनेछ–
(क) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट सजाय पाएमा,
(क१) स्थायी आवासीय अनुमति लिएमा वा सोको लागि आवेदन दिएमा
(ख) भ्रष्टाचार गरेमा ।