दफा
न्यायाधिकरणको सदस्य हुन योग्यता

न्यायाधिकरणको सदस्य नियुक्त हुनको लागि देहायको योग्यता आवश्यक हुनेछ:

(क) कानून सदस्यको लागि उच्च अदालतको न्यायाधीश भई रहेको वा हुन योग्यता पुगेको।

(ख) राजस्व सदस्यको लागि स्नातक भएको र राजस्व प्रशासनमा सात वर्ष अनुभव प्राप्त गरेको।

(ग) लेखा सदस्यको लागि स्नातक भएको र लेखाको क्षेत्रमा सात वर्ष अनुभव प्राप्त गरेको।