दफा
न्यायिक कारबाहीमा अवरोध गर्न नहुने
: (१) कसैले स·ठित अपराधको न्यायिक कारबाहीको सिलसिलामा गरिने वा गरिएको कुनै काम कारबाहीमा बाधा अवरोध खडा गरी न्यायिक कारबाहीमा अवरोध गर्न वा गराउन हुदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गरेमा निजले न्यायिक कारबाहीमा अवरोध गरेको मानिने छ :
(क) कसैलाई मुद्दाको कारबाहीका सम्बन्धमा झुटो प्रमाण दिनको लागि साक्षीको रुपमा प्रस्तुत गर्ने वा झुटो प्रमाण पेश गर्न वा मुद्दाको कारबाही वा प्रमाण सड्ढलनको कार्यमा
मुद्दाको पक्ष वा साक्षी वा उजूरीकर्तालाई झुटो बयान वा बकपत्र गर्न वा गराउनका लागि कुटपिट वा आक्रमण गर्ने, डर, त्रास देखाउने वा धम्की दिने वा कुनै प्रलोभन,
अनुचित दबाब दिने वा अन्य कुनै तरिकाले अबरोध पुर्याउने,
(ख) मुद्दाको कारबाहीका सम्बन्धमा कुनै साक्षीलाई अदालतमा उपस्थित हुन वा प्रमाणको सड्ढलन वा प्रस्तुतिकरण गर्न बाधा अवरोध गर्ने, वा
(ग) न्याय सम्पादन वा कानून कार्यान्वयन गर्ने अधिकारीलाई कुटपिट वा आक्रमण गर्ने, डर, त्रास देखाउने वा धम्की दिने वा अनुचित प्रलोभन दिने वा आफ्नो पदीय जिम्मेवारी पूरा गर्नबाट कुनै तरिकाले बाधा अवरोध पपुर्या उने ।