दफा ३८
पकाएको तलब र भत्ता पाउने भए भत्ता समेत पाउने
(१) कर्मचारीले प्रत्येक महीना भुक्तान भएपछि तलब र भत्ता पाउने भए भत्ता समेत पाउनेछ ।
(२) कुनै कर्मचारीले पकाएको तलब र भत्ता पाउने भए भत्ता समेत निज जुनसुकै व्यहोराबाट सेवामा नरहेमा पनि पाउनेछ ।
(३) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरूमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक कुनै कर्मचारीको तलब कट्टा गरिने छैन ।
(४) कुनै कर्मचारीले पाउने तलब सो कर्मचारी काम गरिरहेको वा बिदामा बसेको बखत रोेकिने छैन ।