नियम २६
पञ्जिका तयार गर्दा अपनाउनु पर्ने कार्यविधि
(१) सम्बन्धित निकायले पञ्जिकामा समावेश गरिने वस्तु, स्थल, वनस्पति, जीवजन्तु आदि उल्लेख गरी सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रकाशित सूचनामा उल्लेख भएका वस्तु, स्थल, वनस्पति,जीवजन्तु आदिको सम्बन्धमा कसैको कुनै प्रतिक्रिया भए त्यस्तो सूचना प्रकाशन भएको मितिले तीस दिनभित्र सम्बन्धित निकायमा उजूर गर्न सकिनेछ ।
(३) उपनियम (२) बमोजिम कुनै उजूरी परेमा सो उजूरी उपर छानबीन गरी र कुनै उजूरी नपरेमा तीस दिनको म्याद समाप्त भएपछि सम्बन्धित निकायले पञ्जिका तयार गर्नु पर्नेछ ।