दफा ७
पत्रपत्रिका दर्ता गर्नु पर्ने
(१) सार्वजनिक रूपमा बिक्री वितरण हुने पत्रपत्रिका नेपाल
……….. भित्र प्रकाशित गर्न चाहने व्यक्तिले पत्रपत्रिकको नाम, किसिम, भाषा, आकार, पृष्ठ
संख्या, छापिने संख्या र प्रकाशित हुने स्थान समेत खुलाई पत्रपत्रिका दर्ता गर्नको लागि तोकिए
बमोजिमको दस्तुर सहित तोकिएको ढाँचामा स्थानीय अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
तर नेपाल सरकारको कार्यालय, नेपाल सरकारको स्वामित्व भएको संगठित संस्था,
विश्वविद्यालय, नेपाल सरकारको स्वीकृति प्राप्त शिक्षण संस्था, प्रचलित कानुनबमोजिम स्थापित
संघ संस्था, फर्म, कम्पनी वा कुनै राजनैतिक दल वा संगठनको मुखपत्रको रूपमा प्रकाशित हुने
पत्रपत्रिकालाई यस दफा बमोजिम दर्ता गराउन आवश्यक पर्ने छैन ।
(२) उपदफा (१) बमोजिमको दरखास्त प्राप्त भएपछि स्थानीय अधिकारीले सो दरखास्त
उपर आवश्यक छानविन गरी दरखास्तवालासँग कुनै कुरा बझ्नु पर्ने भएमा सो समेत बुझी
दरखास्त प्राप्त भएको मितिले पैतीस दिनभित्र दरखास्तवालालाई त्यस्तो पत्रपत्रिका प्रकाशन गर्न
तोकिएबमोजिम अस्थायी प्रमाणपत्र दिनेछ ।
तर दरखास्तमा उल्लिखित पत्रपत्रिकाको नामसित मिल्ने गरी अर्को कुनै पत्रपत्रिका
स्थानीय अधिकारीको कार्यालयमा दर्ता भैसकेको रहेछ भने दरखास्तवालालाई त्यस्तो अस्थायी
प्रमाणपत्र दिइने छैन ।
(३) उपदफा (२) बमोजिम अस्थायी प्रमाणपत्र दिईसकेपछि स्थानीय अधिकारीले त्यस्तो
पत्रपत्रिकाको सम्पूर्ण विवरण सहित सो कुराको सूचना पे्रस रजिष्ट्रारलाई दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम सूचना प्राप्त भएपछि पे्रस रजिष्ट्रारले सो पत्रपत्रिकाको
नामसित मिल्ने गरी अन्य कुनै पत्रपत्रिका कुनै स्थानीय अधिकारीको कर्यालयमा दर्ता भएको छ
छैन हेरी सो नामसित मिल्ने गरी दर्ता भएको रहेनछ भने त्यस्तो पत्रपत्रिका प्रकाशन गर्न स्थायी
प्रमाणपत्र दिने गरी पे्रस रजिष्ट्रारले स्वीकृति दिनेछ ।
(५) उपदफा (४) बमोजिम पे्रस रजिष्ट्रारबाट स्वीकृति पाएपछि स्थानीय अधिकारीले
सम्बन्धित दरखास्तवालालाई स्थायी प्रमाणपत्र दिनेछ ।
(६)
दरखास्तवालालाई स्थायी प्रमाणपत्र दिन नमिल्ने उचित कारण भएमा स्थानीय
अधिकारीले सोही कुराको जानकारी दरखास्तवालालाई दरखास्त परेको मितिले सामान्यतया तीन
महीनाभित्र दिनु पर्नेछ । त्यस्तो जानकारी दिएपछि दरखास्तवालाको अस्थायी प्रमाणपत्र स्वतः
खारेज हुनेछ ।
(७) उपदफा (५) बमोजिम प्रमाणपत्र दिएपछि स्थानीय अधिकारीले पत्रपत्रिका सम्बन्धी
विवरण दर्ता किताबमा जनाई राख्नु पर्नेछ ।
(८) पत्रपत्रिकाको नाम, किसिम र भाषा परिवर्तन गर्नु पर्ने भएमा वा कुनै पत्रपत्रिका
एकभन्दा बढी भाषामा प्रकाशित गर्नु परेमा वा एक जिल्लाबाट प्रकाशित भइरहेको पत्रपत्रिका
अन्य जिल्ला वा एक भन्दा बढी जिल्लाबाट प्रकाशित गर्नु पर्ने भएमा उपदफा (१) बमोजिम
स्थानीय अधिकारी समक्ष दरखास्त दिई सोको समेत प्रमाणपत्र लिनु पर्नेछ ।
(९) उपदफा (८) मा लेखिएदेखि बाहेक पत्रपत्रिका सम्बन्धी अन्य विवरणमा कुनै परिवर्तन
गर्नु पर्ने भएमा स्वीकृतिको निमित्त त्यसको विवरण प्रकाशकले स्थानीय अधिकारीलाई दिनु पर्नेछ ।
(१०) उपदफा (९) बमोजिम विवरण प्राप्त हुनासाथ स्थानीय अधिकारीले उपदफा (७)
बमोजिमको दर्ता किताबमा जनाई त्यसको स्वीकृति सम्बन्धित प्रकाशकलाई दिनु पर्नेछ ।
(११) यस दफा बमोजिम दर्ता भएको पत्रपत्रिकाको विवरणमा भएका परिवर्तनहरूको
जानकारी स्थानीय अधिकारीले पे्रस रजिष्ट्रारलाई दिनु पर्नेछ ।