नियम
पत्रपत्रिकाको स्वामित्व हस्तान्तरण भएमा
(१) ऐनको दफा ८ बमोजिम पत्रपत्रिकाको
प्रकाशनको स्वामित्व हस्तान्तरणद्वारा प्राप्त गर्ने व्यक्तिले सोको जानकारी अनुसूची–८
बमोजिमको ढा“चामा स्थानीय अधिकारीलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको जानकारी प्राप्त भएपछि स्थानीय अधिकारीले त्यस्तो
विवरण अनुसूची–७ बमोजिमको दर्ता किताबमा जनाई राख्नु पर्नेछ ।