नियम ११
पद खारेज हुने
(१) व्यवस्थापिका–संसद सेवाको कुनै पद सृजना वा रिक्त भएको मितिले एकवर्षसम्म स्थायी पदपूर्ति नभएमा उक्त पद स्वतः खारेज हुनेछ । यसरी खारेज भएको पद सम्बन्धी विवरण सचिवालयले त्यस्तो पद खारेज भएको सात दिन भित्र
निजामती किताबखानालाई दिनु पर्नेछ । निजामती किताबखानाले सोको अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ ।
तर लोक सेवा आयोगबाट पदपूर्तिको लागि कारबाही भैरहेको र बढुवाको कारबाही शुरु भै सकेको पद खारेज हुने छैन र सो सम्बन्धी जानकारी सचिवालयले निजामती किताबखानालाई उपलव्ध गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खारेज भएका पदहरूको सूचना निजामती किताबखानाले सचिवालय र अर्थ मन्त्रालयलाई दिनु पर्नेछ ।