नियम १०
पद नभई कर्मचारी नियुक्ति गर्न नहुने
(१) नियम ५ को अवस्था बाहेक पद रिक्त नभई वा पद श्रृजना नभई कर्मचारी नियुिक्त गर्नु हुँदैन ।
(२) उपनियम (१) विपरीत कुनै कर्मचारी नियुक्ति गरी तलब खुवाएमा त्यसरी खुवाएको तलब रकम नियुक्ति गर्ने अधिकारीबाट असूल उपर गरिनेछ ।