दफा १५
पद मुक्त हुने
(१) कुनैसदस्यको पदमा निर्वाचित व्यक्ति दफा १३ बमोजिम अयोग्य रहेको
अदालतबाट ठहर भएमा निज त्यस्तो पदबाट मुक्त हुनेछ ।
(२) उपदफा (१) बमोजिम पद मुक्त भएको जानकारी आयोगले सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।
(३) कुनै सदस्यको पदमा निर्वाचित व्यक्तिको अयोग्यता सम्बन्धमा अदालतमा उजुरी दिने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।